हिन्दूधर्म र योगी आदित्यनाथविरुद्ध किन सक्रिय छन् निधि ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध भित्रै षड्यन्त्र गरेको खुलासा भएको छ ।

निधिले आफू निकटका कांग्रेस नेताहरुसँग योगी आदित्यनाथको विरुद्ध अभिव्यक्ति दिने गरेका छन् । जनकपुरधाममा उत्तरप्रदेशको रामभूमि अयोध्याबाट योगी आदित्यनाथ बुधबार जन्ती लिएर आएका हुन् ।

तर, निधिले त्यही आफू निकटका नेता र सञ्चारकर्मीहरुसँग योगी आदित्यनाथका विरुद्ध विभिन्न आक्षेपहरु लगाएर अभिव्यक्ति दिएको खुलेको हो ।

नेपाली कांग्रेस महोत्तरीका एकजना जिल्ला सदस्यका अनुसार योगी आदित्यनाथले नेपाललाई हिन्दू राष्ट्र बनाउन विभिन्न षड्यन्त्र गरेको भन्दै जनकपुरधाम योगी आदित्यनाथलाई भाउ नदिन उपसभपाति निधि निर्देशन दिएका हुन् ।

योगी आदित्यनाथ जनकपुरधाममा जन्ती लिएर आउने भएपछि निधिले तीन हप्ता अगाडि काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा मध्यराति पत्रकार सम्मेलन गरेर विरोध गरेका थिए ।

भारतीय राजदूतावासले निधिको कार्यशैलीको आलोचना गरेपछि आफ्नो कुरालाई पत्रकारले बङ्ग्याएर लेखेको भन्दै पन्छिन खोजेका थिए । तर, लैनचोरैले निधिलाई विश्वास गरेको छैन । निधिका भारत विरोधी हेरक क्रियाकलापमा मसिनो गरेर ध्यान दिँदै आएको छ ।

लैनचोर रिसाउँछ भनेर योगी आदित्यनाथको स्वागतमा पुगेका निधिले स्वागत पनि गरेका छन् । कांग्रेसका उपसभापति निधिले आफू निकटका पत्रकारहरुलाई योगी आदित्यननाथका विरुद्ध समाचार लेख्न लगाएको खुलेको छ ।

Published : Wednesday, 2018 December 12, 3:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया