कांग्रेसका सांसदलाई आफ्नै कक्षामा देखेपछि विद्यार्थी गदगद

बर्दिया । प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका नेता सञ्जय गौतमले स्कुलका साना बालबालिकाको मन जित्ने गरेर अभियान चलाएका छन् ।

बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं. ७ लक्ष्मनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे कांग्रेसका सांसद गौतम एक्कासि झुल्किएपछि विद्यार्थी र शिक्षकहरू खुसी भएका थिए ।

सांसद गौतम आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भएका थिए ।

सांसद गौतमले विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भनेर विद्यार्थी र शिक्षकहरूको सुझाव लिएका छन् ।

कांग्रेसका सांसद गौतमले प्रत्येक कक्षाकोठामा पसेर विद्यार्थीका समस्या पनि सुनेका छन् ।

भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थील दुःख व्यक्त गरेका छन् ।

कांग्रेसका सांसद गौतमले विद्यालय र विद्यार्थीका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएपछि विद्यार्थी खुसीले गद्गद् भएका छन् ।

विद्यालयमा कक्षा ९ मा अध्ययनरत रामबहादुर चौधरीले खुसी हुँदै आफूहरूको समस्या सुनेका सांसद गौतमले सहयोग गर्ने अपेक्षा लिएको बताएका छन् ।

Published : Wednesday, 2018 December 12, 7:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया