कांग्रेस सभापतिको अधिकारलाई लिएर आ–आफ्नै तर्क

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सभापतिलाई बलियो बनाउने गरेर विधान बनाउन नहुने धारणा राखेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले सभापतिलाई बलियो बनाउँदा समस्या हुने बताएका हुन् । सभापतिलाई बलियो बनाउन नहुने धारणा राख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छन् ।

सभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्यहरूले सभापतिलाई बलियो बनाउँदा पार्टीलाई क्रियाशील बनाउन सहयोग मिल्ने धारणा राखेको स्रोतले जनाएको छ ।

कांग्रेसको विधान संशोधन मस्यौदामा छलफल गर्न मंसिर ९ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा.नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शेखर कोइराला, जीवनबहादुर शाही, रत्न शेरचन र किरण यादवले आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2018 December 3, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया