कम्युनिस्ट सरकारले राज्यको साधन दुरुपयोग गर्‍योः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कुनै धार्मिक आस्थामा अधारित कार्यक्रममा सरकार आयोजकको भूमिकामा संलग्न हुनु संविधानविपरीत भएको जनाएको छ ।

कांग्रेसले जारी केन्द्रीय समिति बैठकमार्फत सरकार खास धार्मिक आस्थामा आधारित कार्यक्रममा आयोजकको भूमिकामा संलग्न हुनु संविधानविपरीत भएको ठहर गरेको हो ।

कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत सो विषयमा आपत्ति जनाएको हो । ‘कांग्रेस सरकारको यस्तो संलग्नता र राज्यको साधन र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ’ बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ ।

‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावनासमेतको विपरीत रहेको हाम्रो ठहर छ’, नेपाली कांग्रेसले भनेको छ ।

कम्युनिस्ट सरकारले सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका नाममा भड्किलो प्रचार गरेर राज्य कोषको रकम दुरुपयोग गरेको समेत कांग्रेसको आरोप छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार नै पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले सामाजिक सुरक्षा कार्यान्वयन गर्ने नाममा भड्किलो प्रचार गरेको र राज्य कोषको रकम दोहन गरेको आरोप लगाए ।

जारी केन्द्रीय समितिको बैठकबाट कांग्रेसले सो विषयमा ६ बुँदे प्रस्तावसमेत पारित गरेको छ । कांग्रेसले सो ऐन आफ्नो नेतृत्वको सरकारका पालामा संसद्बाट पारित गर्न भूमिका निर्वाह गरेकाले सफल कार्यान्वयनका लागि शुभकामनासमेत दिएको छ ।

Published : Monday, 2018 December 3, 12:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया