कम्युनिस्टहरूको ‘बुद्धि फ्राई’ भएपछि नेकपाभित्र खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र क्रिश्चियन धर्म प्रचारमा सरकार र पार्टी संलग्न भएको भन्दै नेकपाका नेताहरूले आलोचना गरेका छन् ।

विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा कम्यनिस्ट सरकार र नेकपाका शीर्ष नेताहरूले भाग लिएको भन्दै विरोध भएको हो ।

नेकपाका नेता भीमबहादुर रावलले क्रिश्चियन धर्मको कार्यक्रममा सरकारले भाग लिएर ठूलो गल्ती गरेको बताए । उनले पार्टीलाई र पार्टीका जनप्रतिनिधिहरू जबरजस्ती प्रलोभनमा पारेर ल्याएको भन्दै विरोध गरे ।

‘कुनै व्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन’, रावलले ट्वीट गर्दै भनेका छन्, ‘शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।’

समिटमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए । प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको छ ।

रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न भनेका छन् ।

नेकपाका दोस्रा तहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले क्रिश्चियन धर्म प्रचार कार्यक्रमलाई बाहिस्कार गरिदिएका छन् ।

नेकपाका अर्का नेता घनश्याम भुसालले ट्वीटमार्फत भनेका छन्, ‘विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’

युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड तथा सम्मानपत्र प्रदान गरेकी छिन् ।

समिट क्रिश्चियन धर्म प्रचारका लागि गरिएको भन्दै तीव्र आलोचना भएपछि चर्च प्रमुख हकले १५ सय जोडीलाई ब्लेसिङ दिने गरी तय भएको कार्यक्रम स्थगन गरिएको थियो ।

प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसहित मुलुकभरका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले ब्लेसिङ लिन अस्वीकार गरेपछि आयोजकले कार्यक्रमको स्वरूप बदल्नुपरेको थियो ।

ब्लेसिङबारे विवाद भएपछि कार्यक्रमको नाम फेरेर पिस एन्ड फेमिली फेस्टिबल सेरिमोनी दिइएको हो । कार्यक्रम सूचीमा आइतबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री ओलीसहित १५ सय जोडीलाई हकले ब्लेसिङ दिने उल्लेख थियो ।

आमन्त्रण समिति संयोजक माधवकुमार नेपालले समिट विश्व शान्तिका लागि उपलब्धिमूलक भएको दाबी गरेका छन्  ।

Published : Monday, 2018 December 3, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया