यी हुन् कोइराला परिवारलाई मिलाउने व्यक्ति

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू डा.शेखर कोइराला, सुजाता कोइराला र डा.शशांक कोइरालालाई प्रकाश कोइरालाले एक ठाउँमा ल्याएको चर्चा छ ।

कोइराला परिवारबाट कांग्रेसको बिरासत गुमेपछि यसलाई फर्काउन बिपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाले तीनजना कोइराला परिवारलाई मिल्न दवाव दिएको स्रोतले जनाएको छ ।

प्रकाश कोइरालाकै दवाव र सल्लाहमा डा.शेखर, डा.शशांक र सुजातालाई एक ठाउँमा उभिन बाध्य भएका हुन् ।

साउनमा प्रकाश कोइरालाले तीन नेतालाई आफ्नै निवासमा खाना खुवाउँदै मिलेर जान सुझाएका थिए ।

राजावादी अभियानमा रहे पनि प्रकाश कोइराला परिवारका जेठा सदस्य हुन् । वेलावेलामा यी नेताहरू पारिवारिक जमघट गर्ने गर्छन् ।

Published : Saturday, 2018 November 24, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया