सुजाताको निवास पुगे गगन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग युवा नेता एवम् सांसद गगन थापाले भेटवार्ता गरेका छन् ।

मण्डिखाटारस्थित निवासमा शुक्रबार कोइरालासँग थापाले भेटवार्ता गरेका हुन् । भेटमा कांग्रेसको राजनीतिक अवस्थाका विषयमा छलफल भएको युवा नेता थापाले बताएका छन् ।

कोइराला परिवारसँग बिग्रिएको सम्बन्ध सुमधुर बनाउन खोजेका थापाले सुजातालाई निवासमै भेटेर त्यसको संकेत दिएका हुन् ।

नेपाली कांग्रेसभित्र गुटको राजनीति भैरहेका बेला युवा नेता थापाले नेतृ सुजातासँग भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका हुन् । कोइराला परिवारसँग थापाको खासै कुरा मिल्दैन भन्नेहरू धेरै छन् ।

Published : Saturday, 2018 November 24, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया