कांग्रेसको महासमिति बैठक सानेपामै हुने संकेत, खर्च कम लाग्ने

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमै गर्ने तयारी गरेका छन् । केही नेताहरूले पनि सानेपामै बैठक गर्दा राम्रो हुने सुझाव दिएका छन् ।

मंसिरको अन्तिम साता महासमिति बैठक गर्ने निर्णय गरेको कांग्रेसले केन्द्रीय कार्यालयमै महासमिति बैठक गर्ने सोँच बनाएको हो । यसअघि कांग्रेसले भृकुटीमण्डपमा बैठक गर्ने जनाएको थियो ।

यो समाचार तयार पर्दासम्म कांग्रेसले भृकुटीमण्डपमा हल र खुला ठाउँ बुक गरेको छैन । ‘संभवत केन्द्रीय कार्यालय सानेपामै महासमितिको बैठक गर्ने हो कि भनेर सामान्य छलफल भएको छ’, स्रोतले भन्यो, ‘आफ्नै कार्यालयमा महासमिति बैठक भयो भने धेरै ठूलो खर्च जोगिन्छ ।’

कांग्रेसका महासमिति सदस्य करीव १२–१३ सय जनता जना छन् । राम्रोसँग व्यवस्थापन गर्ने हो भने उनीहरूलाई खानपान र बैठकको व्यवस्थापन केन्द्रीय कार्यालयभित्रै गर्न सकिन्छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गतेदेखि शुरु हुँदै छ । केन्द्रीय कार्यसमितिले गर्ने निर्णयका आधारमा महासमिति बैठक कहाँ र कसरी गर्ने भन्ने हुनेछ ।

यद्यपि, कांग्रेसको तयारी हेर्दा पार्टी केन्द्रीय कार्यालयमै महासमिति बैठक सानेपामै गर्ने हो कि भन्ने आफूहरूलाई लागेको पार्टी कार्यालयका कर्मचारीहरूले बताउने गरेका छन् ।

Published : Friday, 2018 November 23, 12:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया