कोइराला परिवार भन्दैमा वंशले कांग्रेस चल्दैनः सिटौला

काठमाडौं । नेपाल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू कोइराला क्याम्पमा नरहेको बताएका छन् ।

पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा कुरा गर्दै नेता सिटौलाले आफू कोइराला परिवारसँग निकट रहेर काम गरे पनि कोइराला गुटमा नरहेको बताएका हुन् ।

‘कांग्रेसमा मात्रै होइन एमालेमा पनि कोइराला थर भएका व्यक्ति छन्’, उनले भने, ‘कोइराला परिवारभन्दैमा वंशको आधारमा नेतृत्व जाँदैन ।’

कोइराला थर भएका नेता र कार्यकर्ताहरू देशभरि छरिएर रहेको नेता सिटौलाले बताए ।

‘कांग्रेसको पक्षमा नरहेको भन्दै वीपी कोइरालालो आफ्नै दाई मातृका कोइराला र गिरिजाप्रसादले भाई प्रकाशलाई कारबाही गरेर निकाल्नु भएको थियो’, उनले भने, ‘राजनीतिमा यो वा त्यो भन्ने हुँदैन ।’

सभापति शेरबहादुर देउवाको आलोचना गरेका नेता सिटौलाले १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । उनले पार्टीलाई विधान र विधि अनुरा चलाउन नसकेकै कारण निर्वाचनमा पराजय भोग्नु परेको बताए ।

स्थानीय तहको निर्वाचनका बेला सभापति देउवाले माओवादीसँग तालमेल गरेकै कारण प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ठूलो हार भएको बताए ।

Published : Thursday, 2018 November 22, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया