कम्युनिस्ट सरकारको अधिनायकवादको प्रतिकार गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छज् ।

ललितपुरको सानेपामा स्थित पार्टी मुख्यालयमा सोमबार आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ जान थालेको बताए ।

दुई तिहाईको कम्युनिस्ट सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको कांग्रेस सभापति देउवाले बताए ।

कांग्रेस सभापति देउवाले कम्युनिस्टहरूको अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने बताए । ‘प्रजातन्त्र संरक्षणका लागि एकजुट हुन तपाईहरू तयार हुनुस्’, देउवाले निर्देशन दिए ।

उनले सर्वसत्तावाद उन्मुख कम्युनिस्ट सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न कांग्रेसले सशक्त प्रतिकार गर्नुपर्ने बताए । ‘प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई कांग्रेसका नेता र कार्यकर्ताहरू अगाडि बढ्नुपर्छ’, सभापति देउवाले भने ।

Published : Monday, 2018 November 19, 8:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया