दिनभरि उज्यालो भएन ओलीको अनुहार, कसले दियो तनाव ?

जनकपुरधाम । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको शैली र रुखो व्यवहारबाट आजित बनेका प्रदेश २ का केही सांसदहरूले प्रदेश सभा नै बहिस्कार गरेका छन् ।

ओलीको विशेष सम्बोधनको कार्यक्रममा उपस्थित भएका राजपा नेपालका ३ जना सांसदले प्रदेश सभा बहिष्कार गरेका हुन् ।

सभा सञ्चालनको घन्टी बजे लगत्तै सभामा सभामुख सरोजकुमार यादव र प्रधानमन्त्री ओली उपस्थित भएपछि राष्ट्रिय गान बजेको थियो । राष्ट्रिय गान पूरा भएलगत्तै सभामुख यादवले बैठक सञ्चालनको घोषणा गरेका थिए । राजपा नेपालका ३ जना सांसद उठेर बोल्न थाले ।

सर्लाहीका सांसद उपेन्द्र महतो, सर्लाहीकै अर्का सांसद गौरी नारायण साह र सप्तरीका सांसद बिक्की यादवले प्रधानमन्त्री ओलीको सम्बोधनको विरोध गरेका थिए ।

सभामुख यादवले ‘आज सांसद ज्यूले बोल्न पाउनुहुन्न, तपाईंहरू बस्नुस्’ भन्दा पनि उनीहरूले मानेनन् । ओलीको विशेष सम्बोधनको कुनै औचित्य र आवश्यकता नरहेको भन्दै बैठक सम्बोधनलाई बहिष्कार गर्दछौं भन्दै उनीहरू प्रदेश सभाबाट बाहिरिएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजा समेत रहेका महतोले विगतमा पनि मधेश आन्दोलनका समयमा ओलीले मधेश विरोधी अभिव्यक्ति दिएर जनताको अपमान गरेको आरोप लगाए ।

ओलीले प्रदेशमा आउनुभन्दा पूर्वमधेशी जनतासँग माफी माग्नुपर्ने भन्दै महताले प्रतिक्रिया दिएका छन् । बहिष्कार गर्ने सांसद विगतमा राजेन्द्र महतोले नेतृत्व गर्ने सद्भावना पार्टीको पृष्ठभूमिका हुन् ।

Published : Saturday, 2018 August 18, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया