सभापति लामिछाने सहकारी ठगीमा मुछिएका बेला सोविता र स्वर्णिम बैठकमै आएनन्

काठमाडौं । सहकारीको रकम अपचलन र ठगी काण्डमा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने मुछिएका बेला बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकमा दुई जना सांसद अनुपस्थित भएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदद्वय सोविता गौतम र स्वर्णिम वाग्ले अनुपस्थित भएका हुन् । उनीहरू बैठकमा किन अनुपस्थित भएका हुन् रास्वपाले केही भनेको छैन ।

सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा आफ्नै सभापति लामिछाने मुछिएका बेला सांसदद्वय गौतम र वाग्ले अनुपस्थित भएपछि विभिन्न खड्कलबाजी भएका छन् ।

सरकार आर्थिक वर्ष २०८१/०८२ को बजेटको तयारीमा छ । तर, रास्वपाका सांसदद्वय गौतम र वाग्ले संसदीय दलको बैठकमा समेत अनुपस्थित हुने गरी कता बेपत्ता भएका हुन् प्रश्न उठेको छ ।

मुलुकको राजनीति निकै उथलपुथलको अवस्थामा रहेको छ । यस्तो अवस्थामा सांसदहरू काठमाडौं उपत्यकाभित्रै बस्नुपर्छ ।

अझ संसदीय दलको बैठकमा त अनिर्वाय रुपमा उपस्थिति हुनुपर्ने हो । तर, गौतम र वाग्ले बैठकमा अनुपस्थित नएभपछि सभापति लामिछानेको अहँकार, निरंकुशता र घमण्डका कारण रास्वपाभित्र केही खटपट भएको हो कि भनेर प्रश्नहरू उठेका छन् ।

Published : Tuesday, 2024 May 7, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया