नेविसंघको पुरानो समिति ‘मालामाल’

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि ३ महिनाको म्याद थप गरेको छ ।

११ औं महाधिवेशनको म्याद शनिबार सकिएकाले म्याद थप गरेको हो । म्याद सकिन लाग्दा पनि अध्यक्ष नैनसिंह महरको नेतृत्वले महाधिवेशनको कार्ययोजना पेश नगरेपछि पार्टीले केही दिनअघि मात्र अल्टिमेटम दिएको थियो ।

१२औं महाधिवेशनका लागि कार्ययोजना पेश गरेपछि पार्टीले सहजीकरण गरी तीन महिनाको समय थपेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि पार्टीले भदौ २ गतेसम्म महाधिवेशनका लागि तीन महिने कार्ययोजना पेश गर्न नसके महर नेतृत्वको नेविसंघ बिघटन गरेर तदर्थ समिति गठन गर्ने तयारी गरेको थियो ।

Published : Saturday, 2018 August 18, 4:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया