यी हुन् पश्चिमाहरूको उक्साहटमा प्रदर्शन गर्ने व्यक्ति

काठमाडौं । अमेरिकन र पश्चिमा राष्ट्रहरूको उक्साहटमा एक व्यक्तिले सिंहदरबार नजिकै नग्न प्रदर्शन गरेका छन् ।

जितिन लिम्बु नामक ती व्यक्तिले राष्ट्रिय जनावर परिवर्तनको माग गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्न आउने क्रममा लिम्बुले आफू निकटका सञ्चारमाध्यमहरूलाई फोन गरेर बोलाएका थिए ।

लिम्बुले नेपाल सरकार मुर्दावाद भन्नुका साथै नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर जस्ता नाला लेखेको प्लेकार्ड बोकेका थिए ।

लिम्बुलाई क्रिश्चियन धर्मको प्रचार तथा अमेरिकन र पश्चिमा राष्ट्रहरूले फण्डिङ गरेर विरोध गर्न पठाएको स्रोतले जनाएको छ । लिम्बुका गतिविधिहरू अत्यन्तै शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2018 August 17, 6:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया