टेलिकमको एउटा निर्णयले ग्रहकहरू मालामाल, मूल्य वृद्धि नहुने

काठमाडौं । नेपाल टेलिकमले टेलिफोनको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ । ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर टेलिकमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय गरेको हो ।

‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भएपनि ग्राहकहरूको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ’, प्रवक्ता प्रतिभा वैद्यद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरू उपलब्ध गराउनेछ । अफर आगामी साउन १ गतेदेखि लागू हुनेछ ।’

सरकारले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ ।

डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्नेछ ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी, फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको छ ।

अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ ।

मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ ह्यास डायल गर्नु पर्नेछ ।

Published : Sunday, 2018 July 15, 6:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया