एमालेका यी सांसद गोरेका मान्छे, जोगाउन पुगे अड्डामा

विराटनगर । सुनकाण्डको पक्षमा अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गरेको भन्दै सांसद अधिकारीसँग स्पष्टीकरण लिन लागिएको हो ।

सांसदहरू कुलप्रसाद साम्बा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरण विपरित सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै स्पष्ट गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूको मागमा सबै सांसदहरुले ताली बजाएर समर्थन गरेपछि बैठकले अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेकपाको बिहीबार बसेको प्रदेश १ संसदीय दलको पहिलो बैठकले अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेबाट मोरङ क्षेत्र न २ ‘ख’ बाट निवाचित सांसद अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करीमा प्रत्यक्ष जोडिएका प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउ बहस गरेपछि विवाद बढेको थियो ।

Published : Friday, 2018 June 1, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया