गगन थापाको अभिव्यक्तिले ओली सरकार झस्कियो
काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले जन्मकैदको सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय गलत भएको टिप्पणी गरेका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै सांसद थापाले सरकारको चर्को आलोचना गरे । थापाले गणतन्त्रमा राजाले जस्तो प्रधानमन्त्रीले कैदीको चालचलन ठीक र गलत भनेर निर्णय गर्न नमिल्ने तर्क गरे ।
द्वन्द्वकालका मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने अझ ढुंगेलको मुद्दामा सम्मानित अदालतले पटकपटक जन्मकैदको फैसला गरेकाले उनलाई रिहा गर्नु कानूनी तथा राज्यको उपहास भएको थापाले बताए ।
‘चालचलन ठीक भएको भन्दै जन्मकैदको सजाय पाएका व्यक्तिलाई रिहा गरिएको छ । यसले कानूनी राज्यको खिल्ली उडाएको छ’, संसदमा बोल्दै थापाले भने, ‘यो गणतन्त्र हो । हिजो राजा होइबक्सन्थ्यो । आज गणतन्त्रमा सम्माननीय प्रधानमन्त्री राजा होइबक्सन्न । राजाले चालचलन ठीक भयो भनेर कसैलाई माफी दिन सक्ने । तर, प्रधानमन्त्रीलाई चालचलन ठीक लाग्यो भन्दैमा कसैलाई छुट दिने अधिकार छैन । यो कानूनी राज्य हो ।’
कानुनलाई उपहास गरि अदालतले निर्णय सुनाईसकेपछी भागी भागी हिड्ने मान्छेलाई पक्रेर ल्याईसकेपछी अझ एकबर्श थप गरेर कानुनको पालना गर्ने सुसंस्कृत समाज बनाउनु पर्नेमा बर्श दिनमै अनेक बाहाना मा ससंमान रिहा गरेर सरकारले कानुनको धज्जी उडाएको देख्दा लाज लागेको छ जनताले कसरी बिस्वास गर्ने होला अपराधी ले सजाय पाउने छ।।उफ्फ्फ्फ्फ्फ्फ्फ
Yosarasr galat ho aafno bahumatko dhak dekhako ho