यी हुन् रसियन युवती तस्करी गर्ने एजेन्ट

काठमाडौं । रसियन युवतीलाई नेपालको बाटो हुदैँ भारत तस्करी गर्ने नेपाली एजेन्ट पक्राउ परेका छन् । २ जना रसियन युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

रुपन्देही प्रहरीले बेलहियाका बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उद्धार हुनेमा २ जना रसियन मुलकी युवती नारगिदा र कुन्देश खाखारमनी रहेकी छन् ।

एसपी ज्ञवालीका अनुसार बब्लु रसियन युवती भारतमा तस्कर गर्ने नेपाली एजेन्ट हुन् । उनले भैरहवा क्षेत्रबाट युवतीहरु भारतमा पठाउन सहयोगीको भूमिका निर्वाह गर्छन् ।

बब्लुले नेपालका आएका रसियन, उज्वेकिस्तान, ताजकिस्तान लगायतका देशबाट पर्यटक भिसामा नेपाल आएका युवतीलाई भारतको नक्कली भिसा लगाइ सुनौली नाकाबाट भारत पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीहरुलाई नक्कली भिसा बनाउन, यातायतको खर्च र भारतीय प्रहरीलाई घुस दिनका लागि भन्दै बब्लुले एक जना विदेशी युवतीबाट ५ लाख रुपैयाँ उठाउदैँ आएका थिए ।

भारतमा राम्रो कमाइ हुने आश्वासन देखाएर विदेशी युवतीहरुलाई नयाँ दिल्ली लैजाने र त्यहाँ उनीहरुलाई यौनशोषण गराइन बाध्य बनाइने गरेको एसपी ज्ञवालीले बताए ।

बब्लुले एक साताअघि मात्र ३ जना रसियन युवतीहरूलाई सुनौली नाका हुदैँ नयाँ दिल्ली पुर्याएका थिए ।

Published : Sunday, 2018 March 25, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया