‘कांग्रेसको नयाँ सभापति म हुँ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिका लागि आफूले तयारी सुरु गरिसकेको बताएका छन् ।

डा.कोइरालाले आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री डा.कोइरालाले भने, ‘अबको नयाँ सभापति म हुँ ।’

‘दुई वर्षपछि नेपाली कांग्रेसको महाधिवेशन हुनेछ । महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिन्छु’, उनले भने, ‘सभापतिका लागि मैले तयारी सुरु गरिसकेको छु ।’

तपाईले शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा मतदान गर्नुभएको हो भनेर सोधिएको प्रश्नमा डा.कोइरालाले भने, ‘मैले कसलाई मतदान गरे भन्ने कुरा होइन । गोप्य मतदान हो ।’

Published : Sunday, 2018 March 11, 8:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया