विद्या भण्डारीलाई झट्का, पार्टी एकीकरण नहुने, यस्तो भएको रहेछ सहमति

काठमाडौं । एमाले र माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भए पनि पार्टी एकीकरणमा भने कुरा मिल्न सकेको छैन । एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहध्यक्षमा प्रस्तव गरेपछि पार्टी एकीकरणको सम्भावना तत्कालका लागि टरेको हो ।

एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई नदिइए एकता नै नहुने भनेर माओवादीका नेताहरूले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै पार्टीका नेतावीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको स्रोतको भनाइ छ ।

‘प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’, माओवादीका एक नेताले भने, ‘उहाँहरूले अध्यक्ष नदिने भएपछि हामी पनि एकताका लागि किन लम्पसार पर्ने ?’

प्रचण्डले सरकार गठनअघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको पार्टी एकीकरणको चाहना अब पूरा नहुने देखिएको छ । ललितपुरको एक नेताको घरमा भएको चार घण्टा लामो ओली–प्रचण्डको भेटवार्तामा तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरूले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।

अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । राष्ट्रपति, उपराष्ट्र, सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा भागबण्डा मिलाउने सहमति भएको स्रोतको भनाइ छ । राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ । उपराष्ट्रपति एमालेले राख्ने ओली–प्रचण्डबीच सहमति भएको छ । सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसका लागि एमाले नेताहरू पूर्ण रुपमा तयार भैसकेका छैन ।

एमाले र माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्‍याउने गृहकार्य सरु भएका समाचार बाहिरिएका थिए । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य सुरु भएको कुरा बाहिर आएका थिए । तर, अहिले आएर पार्टी एकता टरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने सम्भावना निकै कम भएको छ ।

Published : Monday, 2018 January 29, 7:35 pm

1 प्रतिकृया प्राप्त “विद्या भण्डारीलाई झट्का, पार्टी एकीकरण नहुने, यस्तो भएको रहेछ सहमति”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया