ओलीले लिए प्रधानमन्त्री सरह सुविधा, थुप्रै प्रहरी अगाडि पछाडि

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीको सुरक्षामा सरकारले उच्च चासो देखाउँदै सुरक्षाकर्मी बढाएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीलाई गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले सुरक्षाकर्मी बढाएको हो । ओलीले प्रधानमन्त्री सरह सुरक्षा लिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डमा सुरक्षा व्यवस्था मिलाइएको स्रोतले जनाएको ।

यसअघि ओलीका लागि प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा दिइएको थियो । प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा डिएसपी मोमल शाहले कमाण्ड गर्दै आएका छन् ।

अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमाण्डमा २० जना सुरक्षाकर्मी तैनाथ छन् ।

Published : Thursday, 2018 January 4, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया