कांग्रेसका नेताहरूबीच कुटाकुट, एमाले-माओवादीमा कारबाही

वीरगञ्ज । प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा पार्टी हित विपरित काम गर्ने भन्दै पर्सा जिल्लामा माओवादीले दुई नेतामाथि कारबाही गरेको छ ।

निर्वाचनमा पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै नेता जालिम मियाँ र बाबुराम कौशिकलाई माओवादी पर्साले कारवाही गरेको हो ।

क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असयोग गरेको आरोपमा दुबै नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।

चुनावको परिणाम आएपछि पर्साका कांग्रेसका कार्यकर्ता तथा नेताहरूबीच मनमुटाव बढेको छ । सार्वजनिक रुपमै उनीहरुले एक अर्काको आलोचना गर्न थालेका छन् ।

चुनावको समिक्षा गर्न कांग्रेस जिल्ला पर्सा सम्पर्क कार्यालय वीरगञ्जमा डाकिएको बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई युवा नेता ईम्तीयाज आलमका सर्मथकहरूले कुटेका हुन् ।

एक नेताले बताए अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो ।

केही दिनअघि भएको क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै त्यस्ता नेताहरुलाई कारवाही गर्न माग गरेको छ ।

एमालेभित्र पनि किचलो सुरु भएको छ । कतिपय स्थानमा सही उम्मेदवार दिन नसकेको र कतिपय स्थानमा पार्टी भित्रैबाट अन्तरघात भएको नेताहरूले बताएका छन् ।

केही क्षेत्रमा भने गठबन्धनको सहयात्री माओवादी केन्द्रले असहयोग गरेको आरोप एमालेका नेता कार्यकर्ता लगाउँछन् । एमालेमा चुनावमा असहयोग गरेको भन्दै ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई कारबाहीको माग भएको छ ।

Published : Sunday, 2017 December 24, 5:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया