राजेन्द्र महतोले मधेसमा ५०–५० लाख बाँड्ने

जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

महोत्तरीको जलेश्वरमा बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेस आन्दोलनक सम्पूर्ण शहिदलाई प्रतिपरिवार ५०–५० लाख दिने घोषणा गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेसमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले मधेस प्रदेशको सरकारद्वारा शहीद परिवारलाई ५०–५० लाख दिने जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको आह्वान गरेसंगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।

राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको महतोले बताए । उनले प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने दाबी गरे ।

शहीद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहीद परिवारका बच्चाहरूको निःशुल्क अध्ययनको व्यवस्था, शहीद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले बताए ।

‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघियता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’, महतोले भने, ‘शहीदको सम्मानमा कुनै आँच आउन नदिने र शहीद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकारमाथि हुनेछ ।’

Published : Thursday, 2017 November 23, 12:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया