सुनवलका मेयर भरत थापा बुटवलमा सम्मानित

परासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् सुनवल नगरपालिकाको मेयर भीमबहादुर थापा सम्मान गरिएको छ ।

आइतबार पश्चिमाञ्चल पेट्रोलिम डिलर्स एशोसिएसनको १४औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशनको उद्दघाटनमा पेट्रोलियम व्यवसायीको रुपमा महासंघका केन्द्रीय सदस्य थापालाई सम्मान गरिको हो ।

मेयर थापा सुनवलमा रहेको पि.के. आयल सप्लायर्स सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पेट्रोलियम डिलर्स एशोसिएनका राष्ट्रिय अध्यक्ष लीलेन्द्र प्रधानले थापालाई दोसल्ला ओढाई सम्मान गरेका थिए । थापा सुनवलको मेयरसंग संगै जिल्लाको सफल व्यवसायीका रुपमा परिचित छन् ।

कार्यक्रममा सुनवलमै रहेको त्रिनेत्र टेर्डसका प्रोपराईटर एवं पेट्रोलियम व्यवसायी उषा बञ्जाडे जिल्ला समन्वय समिति नवलपरासीको सदस्य पदमा निर्वाचित भएकोमा पनि सम्मान गरिएको छ ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा बुटवलमा भएको साधारण सभा कार्यक्रममा नवलपरासीका दुई वटा व्यक्तित्वलाई सम्मान गरिएको हो ।

Published : Sunday, 2017 November 5, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया