लागु औषधसहित घोराहीका सागर शर्मा र सहयोगी पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले निषेधित लागु औषधसहित दाङका सागर शर्मासहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले भदौ २८ गते घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरा घर भएका शर्मालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार शर्मासँगै सिन्धुपाल्चोक जिल्ला घुम्तान– ७ निवासी रामबहादर मगरलाई पक्राउ गरिएको छ । शर्मा र मगर जोरपाटीमा बस्दै आएका थिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले भदौ २८ गते शर्मा र मगरलाई ठमेलबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरूको साथबाट निषेधित लागु औषध फेनागन ५५ थान, डाइजेलाब ५५ थान, नुफिन ५५ थान, अमेरिक डलर १०, मलेसियन रिंगेट ५, नेपाली रुपियाँ १२२० बरामद गरेको लैनचौर प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

Published : Sunday, 2017 September 17, 8:22 am

1 प्रतिकृया प्राप्त “लागु औषधसहित घोराहीका सागर शर्मा र सहयोगी पक्राउ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया