सहकारीको झण्ड १ अर्ब ठगीमा मुछिएका गृहमन्त्री लामिछानेसँग सहकारी महासंघले माग्यो न्याय
काठमाडौं । सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन गरेको अभियोगमा उजुरी, आलोचना र संसदीय समितिको दवाव झेल्दै आएका गृहमन्त्री रवि लामिछानेसँग राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको समूहले न्याय माग गरेको छ ।
लामिछानेसँग सिंहदरबारस्थित गृह मन्त्रालयमा मल्लको समूहले भेट गरेर सहकारीको साँवा, व्याज तिर्दैनौँ भन्ने अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानूनी कार्वाहीको माग गरेको छ ।
गृहमन्त्री लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानूनी कार्वाही हुने बताएको महासंघकी अध्यक्ष मल्लले बताएकी छिन् ।
गृहमन्त्री लामिछानेले सहकारी अभियानको माग सम्वन्धमा आवश्यक अध्ययन गरी गृह मन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिएका छन् ।
महासंघका अध्यक्ष मल्लले सहकारी संघ÷संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समूहले अवरोध पु¥याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छिन् ।
सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाईएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जना लगायतका कार्यले सहकारी संघ/संस्थाको चालु आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयबाट परिपत्र गरी दिन माग गरेकी छिन् ।
सहकारीको करोडौं रकम अपचलन र ठगी अभियोग लागेर संसदीय छानविन समितिको सामना गरिरहेका गृहमन्त्री लामिछानेलाई भेट्न महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेल, उपाध्यक्ष डीबी बस्नेत, संचालक काशिचन्द्र बराल, महाप्रवन्धक चित्राकुमारी थाम्सुहांग सुव्वा, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द ढकाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ लगायतको समूह गएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया