लम्जुङ कांग्रेसको प्रदेश २ को सभापतिमा न्यौपाने निर्वाचित

बेशीशहर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लम्जुङमा वडा, पालिका र क्षेत्रीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशहरू सम्पन्न भएका छन् ।

नेपाली कांग्रेस लम्जुङ प्रदेश सभा क्षेत्र नं. २ को सभापतिमा प्रकाश न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि सभापति न्यौपानेले चयन गरेका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 October 14, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया