विषम परिस्थितिमा अत्याधिक मत दिएर विजय गराइदिनु भएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री रामहरि खतिवडाले विषम परिस्थितिमा नेपाली कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित गरेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
मंगलबार खतिवडाले सामाजिक सञ्जालमार्फत् भने, ‘नेपालको राजनीतिक इतिहासको पुरानो पार्टी अहिले नयाँ पुस्ताले सबैभन्दा बढी मन पराएको पार्टी, पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने हाम्रो दायित्व हो ।’
उनले भने, ‘आगामी दिनमा कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउने हामी सबैको काँधमा जिम्मेवारी आइपरेको छ । ईष्य र द्वेषको राजनीति नगरी काम गर्नेलाई साथ दिने कान भर्नेलाई पर राख्ने, परिश्रमीलाई साथ दिने, परिक्रमीलाई पर राख्ने प्रवृत्तिलाई हामीले साथमा लिएर पार्टीलाई पहिलो र प्रिय बनाउनुपर्ने हामी सबैको काँधमा जिम्मेवारी आइपुगेको छ ।’
‘तेरो र मेरो होइन, राम्रो र हाम्रो मान्छेलाई छानेर आगामी दिनमा पार्टीलाई पहिलो सबै साथीहरूलाई अपील गर्न चाहन्छु,’ खतिवडाले भने, ‘यस्तो विषम परिस्थितिमा अत्याधिक मत दिएर विजय गराइदिनु भएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु ।’
मंगलबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खतिवडा कांग्रेसको खुलातर्फको सहमहामन्त्री पदमा सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । खतिवडाले अन्य उम्मेदवारहरूभन्दा धेरै मत पाएका थिए । खतिवडाले दुई हजार ९ सय १९ मत पाएका थिए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया