रसुवाको बाढी जस्तै बूढीगण्डकीमा पनि भिषण बाढी, ३६ जनाको उद्धार

काठमाडौं । सुरक्षाकर्मीहरूले बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेका छन् ।

नेपाल प्रहरीका अनुसार नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी बल नेपालले ३६ जनाको उद्धार गरेका छन् । बाढी प्रभावित जगत इलाकाबाट ६, न्याक्फेदीबाट ९, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ र पायुबाट १२ गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ ।

खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको छ ।

बूढीगण्डकी नदीमा आएको लेदोसहितका बाढीले एउटा मोटरेबल पुललाई पनि बगाएको छ । बाढी आरुघाट बजारमा प्रवेश गरेर ठूलो क्षति गरेको छ ।

आइतबार बिहान गोरखास्थित बूढीगण्डकी नदीमा आएको बाढीले क्षति गरेको छ । सुरक्षा निकायहरू उद्धारमा खटिएका छन् ।

Published : Sunday, 2026 October 11, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया