कांग्रेसको दाङ ३ को अधिवेशनबाट योगी सभापतिमा निर्वाचित, गेहेन्द्र गिरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित
तुलसीपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को अधिवेश सम्पन्न भएको छ ।
तुलसीपुरमा सम्पन्न अधिवेशनले क्षेत्रीय सभापतिमा हेमन्तकुमार योगीलाई सर्वसम्मत निर्वाचित गरेको नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्माले जानकारी दिएका छन् ।
अधिवेशनले दाङ क्षेत्र नं. ३ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा वसन्त गिरी र २ को सभापतिमा ढुण्डीराज न्यौपाने सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संयोजक गेहेन्द्र गिरीसहित ३६ जना निर्वाचित भएका छन् ।
खिमप्रसाद खराल, राजेन्द्रप्रसाद धिताल, सुरेन्द्रबहादुर खड्का, टीकाराम घर्ती, युवराज खड्का, ऋषिराज लहरे (अरुण), गेहेन्द्र वली, अमर खड्का, विनोद पाण्डेय, दीपक भण्डारी, बमकुमारी खड्का, केवलापति चौधरी, कुम्भकुमारी अधिकारी, खुमा खड्का, श्याम रायमाझी, राजकुमार डाँगी, दलबहादुर विश्वकर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
चेतबहादुर शेर्पाइली, रामचन्द्र केसी, श्रीधर श्रेष्ठ, भीमबहादुर बुढाथोकी, वसन्त बस्नेत, सुन्दरी बादी, स्वर्गबहादुर केसी, रमा भण्डारी, लेखमणि खत्री, लुमा बुढा मगर, श्रवणकुमार आचार्य, प्रकाशमान वली, लीलाधर खड्का, दिल्लीबहादुर बुढाथोकी, शिव पुरी, मोहन गुरुङ, तस्वर अली कबाडिया र कुलबहादुर खड्का पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको दाङ क्षेत्र नं. २ र ३ को अधिवेशन सम्पन्न भएको छ । दाङ क्षेत्र नं. १ को अधिवेशन दशैंपछि गर्ने तयारी रहेको छ । त्यसपछि जिल्ला अधिवेशन हुनेछ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया