कांग्रेसको धादिङ १ र दुई वटा प्रदेश सभाको अधिवेशन सम्पन्न
गजुरी । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत धादिङ जिल्लामा क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार धादिङको गजुरीमा नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ को पनि अधिवेशन सम्पन्न भएको जिल्ला संयोजक गोपाल विश्वकर्माले जानकारी दिए । अधिवेशन गजुरीको आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
धादिङ क्षेत्र नं. १ का संयोजक रविसुदन थापाको सभापतित्वमा भएको अधिवेशमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले रहेका थिए । विशेष अतिथि जिल्ला संयोजक गोपाल विश्वकर्मा, धादिङ कांग्रेसका वरिष्ठ नेता माधवराज पाण्डे, विदुरप्रसाद, क्षेत्र नं. २ का नवनिर्वाचित सभापति विनोद ढकाल (अकौलिय), प्रदेश संयोजकहरू सुजन पाण्डे, ज्ञानेन्द्र सिलवाल लगायत शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
अधिवेशनले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ को समिति गठन गरेको छ । बागमती प्रदेशको लागि अधिवेशन प्रतिनिधिहरू, क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको चयन भएको छ ।

बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया