गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

नयाँदिल्ली । गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता भएको हो । उनीहरूका बीच बिम्सटेक बैठकका क्रममा भेटवार्ता भएको भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्री गुरुङसँग भेट गर्ने अवसर मिलेकोमा खुसी लागेको बताएका छन् ।

‘हामीले द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन र हाम्रो क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि भारत र नेपालबीचको नजिकको सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं,’ भारतीय गृहमन्त्री शाहले भनेका छन् ।

Published : Wednesday, 2026 October 14, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया