सभापति देउवाले बोलाए शीर्ष नेता र पदाधिकारीहरूको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
आज सोमबार दिउँसो ३ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बैठकमा भ्रातृ संस्थाहरूको म्याद थप लगायतमा छलफल हुनेछ । साथै मुलुकको राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने बुझिएको छ ।
सभापति देउवाले शीर्ष नेता र पदाधिकारीहरूको बैठक आकस्मिक रुपमा बोलाएका छन् । शनिबार एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका सभापति देउवाले अर्को दिन पार्टीका पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
Published : Sunday, 2024 June 30, 2:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया