पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष थापाका छोरा बौद्धबाट पक्राउ
काठमाडौं । एमालेका उपाध्यक्ष एवम् तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा काठमाडौंमा पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा लामो समयदेखि फरार थिए । उनलाई प्रहरीले शुक्रबार बौद्ध क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापाले फरार रहेका प्रतीक थापालाई शुक्रबार बौद्धबाट पक्राउ गरेको जनाएका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतीक थापालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा दायर गरेको थियो ।
बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयका कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा छन् ।
प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपियाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया