सञ्चारमाध्यम अनियन्त्रित हुन थालेपछि काउन्सिलले सम्पादकको योग्यता, मापदण्ड पुनरावलोकन गर्ने
काठमाडौं । प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ ।
मङ्गलबार नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमा राखिएको अभिमुखीकरण कार्यक्रममा डिजिटलसहित विभिन्न सञ्चारमाध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् ।
‘प्रविधिले फड्कोमारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । तर, सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन’, बस्नेतले भने ।
‘सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ’ अध्यक्ष बस्नेतले भने ।
पत्रकारलाई गल्ती गर्ने छुट नभएकोतर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचना सहित सच्याउन सधै अग्रसर हुन सुझाव समेत दिए ।
अभिमुखीकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेका थिए ।
पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न नहुने बताए ।
पत्रकार आचारसंहिता र पत्रकारिताको धर्मपालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उनको सुझाव थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया