पोख्रेललाई ३६ घण्टा एआइजी बनाउन गृहमन्त्री लामिछानेद्वारा बढुवा, राज्यलाई ठूलो नोक्सानी
काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरेको छ ।
असार २० गते रातिबाट अनिवार्य अवकाशमा जान लागेका पोखरेललाई डीआइजीबाट एआइजीमा बढुवा सिफारिस गरिएको छ ।
त्यसअघि एआईजी उमेशराज जोशीले असार १८ गते रातिबाट अवकाश पाउनेछन् । जोशीले नै अवकाश पाउने भएकाले सरकारले पोखरेललाई अगाडि सारेको छ ।
पोखरेलले एआईजीको दर्ज्यानी चिन्ह लगाएको केही घण्टामा अवकाश पाउनेछन् । करीव ३६ घण्टामा पोखरेलले अवकाश पाउनेछन् ।
३६ घण्टाका लागि डीआइजीबाट एआइजीमा बढुवा सिफारिसमा परेका पोखरेल हालका आईजीपी वसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् ।
गृहमन्त्री रवि लामिछानेले प्रहरीभित्र चरम हस्तक्षेप गरेको अभियोग लागेका बेला ३६ घण्टाका लागि पोखरेललाई डीआइजीबाट एआइजी बढुवा गर्न लागेका छन् । पोखरेल ३६ घण्टाका लागि एआइजी हुँदा राज्यलाई ठूलो आर्थिक भार पर्नेछ ।
३६ घण्टाका लागि एआइजीमा हुन लागेको बढुवा प्रकरणले राज्यलाई पाखरेलका लागि लाखौँ रुपियाँ नोक्सानी व्यहोर्नु पर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया