तरुण दलको विधान संशोधनका लागि राय सुझाव माग
काठमाडौं । नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले राय सुझावहरू माग गरेको छ ।
तरुण दलका कार्यालयका मुख्य सचिव ठानप्रसाद पोख्रेलले सूचना जारी गरेर राय सुझाव उपलब्ध गराउन अनुरोध गरेका छन् ।
अध्यक्ष विद्वान गुरुङले विधान संशोधनका लागि तयारी गरिरहेका छन् । नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले दलको विधानको संशोधित मस्यौदा तयार गर्ने कार्य तिब्र गतिमा अगाडि बढाएको भन्दै सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख छ ।
समितिको असार ७ गते बसेको बैठकले विधानमा समावेस गर्नुपर्ने महत्वपूर्ण विषयवस्तुहरू राय सुझावको रुपमा समितिलाई बुझाउन आग्रह गरिएको छ ।
राय सुझाव तरुण दलको केन्द्रीय कार्यालय वा समितिका धनराज तम्वापो (९८५२६५०२७०), कृष्ण रिजाल (९८५१०३४२८०), मुना भुसाल (९८५७६२५८३१), विवेक न्यौपाने (९८५१०३०९००), लोकहरि पौडेल (९८५१०९८१०६) र सदस्य सचिव ठानप्रसाद पोख्रेल (९८४९४९५६९५) तथा मेल [email protected] मा पनि दिन सकिनेछ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया