सूर्यदर्शनको रकम ठगीमा गृहमन्त्री मुछिएका बेला प्राइम सहकारीका ३ जना पक्राउ
पोखरा । प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–४ गैह्रपाटनमा कार्यालय रहेको प्राइम सहकारीको रकम अपचलन गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका–१ की ५५ वर्षीया धनकुमारी गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोदी गाउँपालिका–१ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की पनि रहेका छन् ।
प्राइम सहकारीको रकम हिनामिना गरेर उनीहरू फरार भएका थिए । यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ ।
गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका बेला पोखरामा प्राइम सहकारीका ३ जना पक्राउ परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया