निर्वाचन आयुक्त पदमा प्रधानको सुनुवाइ, उजुरी दिन आह्वान
काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस अधिवक्ता कृष्णमान प्रधानबारे सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले प्रधानविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूसँग बताएका छन् ।
समितिका सभापति पशुपतिशम्शेर जबराले निवार्चन आयुक्त पदमा सिफारिस प्रधानका विषयमा १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको बताएका छन् ।
आइतबार बसेको संवैधानिक परिषदको बैठकले अधिवक्ता प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
प्रधानले सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका छन् । प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानून समाजका कार्यकारी निर्देशक थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधान निर्वाचनको क्षेत्रमा काम पनि गर्दै आएका थिए । कानून र संविधानका विषयमा प्रधानलाई राम्रो जानकारी छ ।
उजुरी आह्वानपछि समितिको बैठक बसेर छलफल गरे पश्चात प्रधानको नाम अनुमोदन हुनेछ । अबको १५ दिनभित्र प्रधानले निर्वाचन आयुक्त पदको शपथ लिनेछन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया