धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न प्रचण्ड-ओलीलाई कांग्रेसले सचेत गरायो
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलहरूबीच हानथाप भएको भन्दै कानून विपरितको कार्य नगर्न सचेत गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले बोर्डको अध्यक्ष नियुक्तिमा प्रक्रिया पु¥याएर अगाडि बढ्न आग्रह गरे ।
उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सत्तारुढ दलमा रस्साकस्सी पुगेको छ र कानूनी प्रक्रिया नपु¥याइकन नियुक्ति गर्ने प्रक्रिया अगाडि बढेको भन्ने सुन्नमा आएको छ ।’
‘कानूनअनुसार नियुक्ति गर्ने पद्धति विकास होस् धन्यावाद’, कांग्रेसका सांसद खतिवडाले सचेत गराउँदै भने ।
धितोपत्र बोर्डको अध्यक्षमा आफू निकटको व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच निकै प्रतिस्पर्धा भइरहेको छ । आफू अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउन बिचौलियाहरू पनि पैसा बोकेर दौडधुपमा लागेको चर्चा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया