कांग्रेस नेताद्वय घिमिरे र आचार्यले बंगलाचुलीका दुई बालबालिकालाई निःशुल्क पढाइदिने
घोराही । नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले दाङमा २ जना दलित बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका छन् ।
घिमिरे र आचार्यले बंगलाचुली गाउँपालिकाको वडा नं.४ का कांग्रेसका स्थानीय नेता स्व.खेतुलाल नेपालीका छोरा र छोरीको शिक्षाको जिम्मेवारी लिएका हुन् ।
३२ वर्षीय खेतुलाल नेपालीको केही दिन पहिला मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । खेतुलाल नेपाली बंगलाचुली गाउँपालिका ४ मा कांग्रेसको कार्य समिति सदस्य थिए ।
नेता घिमिरेले छोरालाई कक्षा १२ सम्म पठन–पाठनको जिम्मेवारी लिएको प्रेस नोटमार्फत जनाएका छन् ।
घिमिरेसहितका नेताहरूले स्व.खेतुलाल नेपालीको परिवारलाई १ वर्षका लागि आर्थिक सहयोग पनि गरेका छन् । संकलित ८५ हजार रुपियाँ स्व.खेतुलाल नेपालीको कान्छो छोराको नाममा मुद्दती खातामा रकम राखेर जिम्मेवारी लगाइएको प्रदेशसभा कांग्रेसका सभापति प्रकाश श्रेष्ठले बताएका छन् ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य आचार्यले स्व.खेतुलाल नेपालीकी छोरीलाई कक्षा १२ सम्मको अध्ययनको जिम्मेवारी लिएका छन् ।
स्व.खेतुलाल नेपालीको १३औँ दिनको पूण्यतिथिको कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरू उपस्थित भएर श्रद्धाञ्जलि दिनुका साथै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया