प्रथम थाइ सगरमाथा आरोहीको अध्यक्षतामा टीएनएफए गठन
काठमाडौं । प्रथम थाइ सगरमाथा आरोही तथा व्यवसायी वितिदान रोजानापनितको अध्यक्षतामा थाइ–नेपाल मैत्री संघ (टीएनएफए) गठन भएको छ ।
शनिबार थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको निवास बैंककमा भएको कार्यक्रममा टीएनएफए घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
टीएनएफएको उदेश्य थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सदभाव एवं सहयोग अभिवृद्धि गर्ने र सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिक लगायतका क्षेत्रहरूमा सहकार्य गर्ने रहेको छ ।
नेपाली राजदूत वलीले टीएनएफएले आफ्नो उदेश्य हासिल गर्न आगामी दिनहरूमा आयोजना तथा सञ्चालन गर्ने हरेक कार्यहरूमा राजदूतावासको सहयोग तथा सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले नव गठित कार्यसमितिको सफल कार्यकालको शुभेच्छा प्रकट गरेका छन् । थाइ–नेपाल मैत्री संघ विधिवत रुपमा थाइल्याण्डमा दर्ता भइ स्थापना भएको संस्था हो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया