बौद्ध प्रहरीद्वारा कमलाको टहरामा छापा
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंमा छापामारेर २२ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माइती नेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा प्रहरीले छापामारेको हो ।
जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौंको कपन बस्ने नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेलकुमार खड्का समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपियाँ र ८ थान कौडासहित पक्राउ गरेको छ ।

Published : Friday, 2024 June 14, 1:11 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया