तरुण नेता भेटवालद्वारा बागमती सरकारको विरोध, हेटौंडा अस्पतालको अस्तित्व बचाउनु अनुरोध
हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले हेटौँडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजाने गलत निर्णय नगर्न चेतावनी दिएका छन् ।
मंगलबार भेटवालले विज्ञप्ति जारी गरेर केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौँडा अस्पतालको अस्तित्व मेटाउन लागेको भन्दै आपत्ति जनाएका छन् । उनले अपस्तालको अस्तित्व बचाउन आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता प्रक्रियाताका प्रतिष्ठानमा अध्ययनरत् स्वास्थ्यकर्मीलाई प्रयोगात्मक कार्य गर्नको लागि आफ्नै अस्पताल निर्माण नभएसम्म हेटौंडा अस्पताललाई प्रयोग गरिने सहमति पालना गर्न उनले आग्रह गरेका छन् ।
षड्यन्त्रपूर्वक ढंगबाट ऐन जारी गरी सदाको लागि हेटौंडा अस्पताललाई संघीय कानूनको बर्खिलाप जाने गरी बागमती प्रदेश सरकारबाट अस्पतालको चल, अचल मानव संशाधनलगायतका सम्पूर्ण सम्पत्ति कब्जामा लिने काम भएको भन्दै तरुण नेता भेटवालले ऐनमा व्यवस्था गरेका विभिन्न दफाहरू संशोधन गरी निर्णय सच्चाउन माग गरेका छन् ।
उनले हेटौंडा अस्पताललाई हेटौंडा अस्पतालकै अस्तित्वको रुपमा कायम राख्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
भेटवालले भने, ‘यस्ता खाले गैरजिम्मेवारीपूर्ण निर्णय नसच्याए नेपाल तरुण दलले कडाभन्दा कडा आन्दोलन गर्ने छौँ ।’
उनले हेटौँडा अस्पतालको रक्षा गर्न आन्दोलनका लागि तरुण लगायत मकवानपुरवासी दाजुभाई तथा दिदीबहिनीहरूलाई आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका तरुण केन्द्रीय सदस्य भेटवालले राज्यको सम्पत्ति र आमनागरिकको अधिकारमाथि कुचेष्टा नगर्न आग्रह गरेका छन् ।
अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने उनले बताएका छन् ।
भेटवालले तरुणले कदम चाल्नु परेकोको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया