कांग्रेस नेता डा.शशांक कोइरालाद्वारा सांसद भट्टचनकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनकी आमा यामकुमारी भट्टचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मंगलबार ललितपुरको गोदावरीस्थित निवासमा पुगेर नेता डा.कोइरालाले सांसद भट्टचन र परिवारजनप्रति समवेदना प्रकट गरेको स्वकीय सचिव भरत तिवारीले बताए ।
नेता डा.कोइरालाले शोक पुस्तिकामा लेखेका छन्, ‘प्रिय साथी माननीय देवीप्रकाश भट्टचनकी ममतामयी माता यामकुमारी भट्टचनको यहि मिति २०८१÷०२÷२४ गते भएको असामायिक देहवासनले मलाई मर्माहत तुल्याएको छ ।’
‘यस दुःखद् घडीमा सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गर्दछु । साथै मृत्तकको चीर शान्तिको प्रार्थना साथै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु’, कांग्रेस नेता डा.कोइरालाले भनेका छन् ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका सांसद भट्टचनकी आमाको निधन जेठ २४ गते गोदावरीस्थित निवासमा निधन भएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया