सांसद देवी भट्टचनकी आमाप्रति कांग्रेस नेता खतिवडाद्वारा निवासमै पुगेर श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाका सांसद देवीप्रसाद भट्टचनकी आमाको निधनबाट निकै मर्माहत भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
मंगलबार ललितपुरको गोदावरीस्थित निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै खतिवडाले सांसद भट्टचनकी ममतामयी आमा यामकुमारी भट्टचनको देहवासानबाट आफू मर्माहत भएको जनाएकाे नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ती मगरले बताए ।
शोकपुस्तीकामा सभापति खतिवडाले लेखेका छन्, ‘आमा भन्ने शब्द नै संसारको सबभन्दा प्यारो शब्द हो । आमाको हात र काख दुबै प्यारो नहुने कुरै भएन । त्यस्ती आमा गुमाउँदा कसलाई पीडा हुन्न र ?’
‘तथापि यो संसारको प्रक्रिया हो । आमाको दुःखद् निधनमा परिवारजनमा धैर्यधारणा गर्ने क्षमता ईश्वरले प्रदान गरुन् । आमा यामकुमारी भट्टचनप्रति हार्दिक श्रद्धाञ्जलि ।’
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद भट्टचनकी आमा यामकुमारी भट्टचनको गत शुक्रबार बिहान ललितपुरको गोदावरीस्थित निवासमा निधन भएको थियो । शुद्धीको कार्य गोदावरीस्थित निवासमा नै भइरहेको छ । शुद्धीको अन्तिम कार्य सातौँ दिन अर्थात् बिहीबार हुनेछ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया