प्रहरी जवान जामुनको रुखमा मृत भेटिए
धनगढी । नेपाल प्रहरीका प्रहरी जवान सुरज बिकको शव झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा बिक जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।
प्रहरी जवान बिक जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो । प्रहरी जवान बिक बिदा थिए ।
दार्चुलाको शैल्यशिखर– ९ स्थायी घर भएका प्रहरी जवान बिक कैलालीको धनगढीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Thursday, 2024 April 4, 9:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया