दुःख दिने उद्देश्यले अख्तियारमा झुठो विवारणसहित उजरी दिएका दीपकलाई कारबाही
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई २ हजार रूपियाँ जरिवाना गरेको छ ।
आफूलाई प्रहरीको डीआईजी बताउने व्यक्तिले सहकारीबाट लिएको ऋण भुक्तानी माग्दा मुद्दा मिलाइदिने भन्दै ४० लाख रूपियाँ मागेको र १५ लाख रूपियाँ नगद तथा थप चेकसमेत लिएर धम्की दिएको भन्दै एबी राई (आङबाबु राई)को नामबाट आयोगमा उजुरी परेको थियो ।
उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उजुरीमा उल्लेखित आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको बयान दिएका थिए ।
त्यसपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरले गत असार १७ गते आयोगसमक्ष बयान दिँदै उक्त उजुरी आफूले नै एबी राई अर्थात् आङबाबु राईको नामबाट दिएको स्वीकार गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पुनले उजुरीकर्ता नै नभएको व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी उनको जानकारी तथा स्वीकृतिबिनै उजुरी दर्ता गराएका थिए ।
अनुसन्धानका क्रममा दीपक पुन मगर र आङबाबु राई दुवैले त्यस्तो कुनै घटना नभएको, आफूलाई कुनै व्यक्तिले धम्की नदिएको तथा मुद्दा मिलाइदिने भन्दै रकम नमागिएको बयान दिएको आयोगले जनाएको छ ।
आयोगले आङबाबु राईको नाम तथा दस्तखत प्रयोग गरी उनलाई समेत दुःख र हैरानी दिने बदनियतले पुन मगरले झुटो उजुरी दिएको तथ्य पुष्टि भएको जनाएको छ ।
त्यसपछि आयोगले पुन मगरलाई झुटो उजुरी दिएको कसूरमा २ हजार रूपियाँ जरिवाना तिराएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया