कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ मीनकृष्ण महर्जन निर्वाचित, महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका युवा नेता मीनकृष्ण महर्जन निर्वाचित भएका छन् ।
खुलातर्फ केन्द्रीय सदस्यको बिहीबार सम्पन्न मत गणनाअनुसार महर्जन केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ललितपुर निवासी महर्जनको जितसँगै खेलक्षेत्रमा नयाँ उर्जा र उत्साह थपिएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि महर्जनले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद प्रकट गरेका छन् । उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित गराई मलाई थप जिम्मेवार बनाउनुहुने सम्पूर्ण आदरणीय नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
‘पार्टीलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै सबैलाई समेटेर अघि बढ्ने मेरो निरन्तर प्रयास रहनेछ,’ नवनिर्वाचित केन्द्रीय सदस्य महर्जनले भने, ‘यस जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी र जनताको हितमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
केन्द्रीय सदस्यमा निर्वाचित भएका महर्जन नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको सचिव समेत हुन् ।
खेलाडी पृष्ठभूमिका महर्जन युवाहरूका बीच लोकप्रिय मानिन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका गोल्डमेडलिस्ट महर्जनको जितसँगै कांग्रेसमा सकारात्मक सन्देश जागेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया