कांग्रेसको सहमहामन्त्रीमा चौधरी फराकिलो मत अन्तरसहित निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।
१५औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मत गणनाअनुसार चौधरी कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । चौधरीले थारु आरक्षणमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए ।
लोकप्रिय मतसहित चौधरी सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । उनले आफूलाई मतदान गरेर सहमहामन्त्री पदमा विजयी बनाउने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।
सहमहामन्त्री पदमा उनीसँग तेजुलाल चौधरी र सुरेन्द्रप्रसाद चौधरी प्रतिस्पर्धी रहेका थिए । तेजुलाल र सुरेन्द्रलाई फराकिलो मतको अन्तरले पराजित गर्दै उनी सहमहामन्त्री पदमा निर्वाचित भएका छन् ।
चौधरी यसअघि पनि सहमहामन्त्री रहेका थिए । सहमहामन्त्रीमा चौधरीको दोस्रो कार्यकाल हो ।
दाङ जिल्ला निवासी चौधरी पूर्वसांसद, कांग्रेसको केन्द्रीय सदस्य हुँदै सहमहामन्त्री पदमा पुगेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया